सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ १। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’को नामले चर्चित आफ्ना धर्म गुरु रामबहादुर बमजनमाथि आश्रममै आनीहरुलाई बलात्कार, हत्या तथा बेपत्ता त्यस्ता कुनै पनि गतिविधि नगरेको आइरहेकोमा आपत्ति जनाएको छ ।
संघले आफ्ना गुरु वमजनमाथि हत्या, बलात्कार र वेपत्ता पारेको भनि आएको समाचार सत्य नरहेको संघका अध्यक्ष निलबहादुर थिङ्गले दावी गरे । आफूहरुको आश्रमबाट कसैमाथि पनि हत्या, बलात्कार लगायतका घटना नभएको बमजन संरक्षक रहेको संघको दावी छ ।
संघले आफ्ना गुरु बमजनमाथि मुलुकमा सामाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाएको भन्दै भ्रमणमा नपर्न पनि सबैलाई आह्वान गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा