सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
श्रीलंकामा सत्ता संघर्ष समाप्त गर्दे राष्ट्रपति मैत्रीपाल सिरिसेनाद्धारा विवादास्पद कदम उठाए पश्चात प्रधानमन्त्रि बनाइएका महिंदा राजपक्षेले शनिवार पदबाट राजिनाम दिएका छन् । योसँगै रानिल विक्रमासिंघे आइतबार देशको प्रधानमन्त्रि पदको शपथ लिन सक्ने सम्भावना छ ।
साधारणतय, सर्वोच्च न्यायालयको दुई वटा अहम निर्णयको कारण राजपक्षेको यो पदमा बसिरहनु असम्भव भएको थियो जसको कारण ृउनले राजिनाम दिएका हुन् ।
राजपक्षे समर्थक सांसद शेहन सेमासिंघेले संवाददातालाई बताए अनुसार राजपक्षेले कोलम्बोमा आफनो आवास मा भएको एक कार्यक्रममा राजिनामा पत्रमा हस्ताक्षर गरेका छन् । सांसदले भने राजपक्षेले युनाइटेड पीपुल्स फ्रिडम एलायन्स (यूपीएफए) का सांसदलाई बताए कि उनले पदबाट राजिनामा दिएका छन् । सर्वोच्च न्यायालयले शुक्रबार सिरिसेनाद्धारा संसद भंग गर्नु गैह कानुनी भएको सर्वसम्मत ठहर गरेको थियो ।
साथै न्यायालयले शुक्रबार राजपक्षे (७३) लाई प्रधानमन्त्रिको कार्यभार सम्हाल्नबाट रोक्ने अदालतको आदेश माथि रोक लगाउन पनि अस्विकार गरेको थियो । विक्रमसिंघेलाई युनाइटेड नेशनल पार्टी (यूएनपी) ले शनिवार भनेको छ कि सिरिसेना उनलाई पदमा फेरी बहाल गर्नको लागी राजी भए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा