सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रजनीकान्त र अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म २.० ले विश्वभरिको बक्सअफिसबाट ७०० करोड भारु कमाएको छ । फिल्म २.० निर्देशक शंकारको ‘ड्रिम प्रोजेक्ट’ हो । यसको निर्माण करिब ६०० करोडको विशाल लागतमा गरिएको थियो । यो भारतीय फिल्म इतिहासमा अहिलेसम्मको सबैभन्दा महंगो फिल्म भएको बताइएको छ ।
रिलिज भएको १५ दिनमा रजनीकान्त र अक्षय कुमारको फिल्मले यस्तो भव्य कमाइ गरेको हो । फिल्मले एक हजार करोड अर्थात् १० अर्ब भारु लाइफटाइम कमाइ गर्ने अपेक्षा गरिएको छ । फिल्म रिलिजको दोस्रो हप्तामै ७०० करोड क्लवमा पुगिसकेको छ । यो फिल्म ७०० करोड क्लवमा पुग्ने तमिल फिल्म उद्योगको इतिहासको एकमात्र फिल्म हो । फिल्मले लगानी उठाइसकेको छ अनि फाइदाको बाटोमा छ ।
फिल्मको व्यापार विश्लेषण गर्ने मनोबाला विजयबालनका अनुसार २.० ले अहिलेसम्म ७१०.९८ करोड कमाइ गरेको छ । नोबालाका अनुसार फिल्मले पहिलो हप्ता ५२६.८६ करोड कमाएको थियो । दोस्रो हप्ताको पहिलो दिन २७.३१ करोड, दोस्रो दिन ३२.५७ करोड, तेस्रो दिन ३६.४५ करोड, चाथो दिन ३९.२० करोड, पाँचौं दिन १७.१३ करोड छैटौं दिन १४.६६ करोड र सातौं दिन १६.८० करोड कमाइ गरेको छ ।
अर्कोतर्फ सबै ट्रेड रिपोर्टमा फिल्म तेस्रो हप्ता पनि बक्स अफिसमा मजबुतीका साथ टिकिरहने बताइएको छ । यो मजबुती भारतका साथै अन्तर्राष्ट्रिय बजारमा पनि कायम रहनेछ ।
फिल्म २.० यही नोभेम्बर २९ मा रिलिज भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा