सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय र टीकापुर, मंसिर २६ । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १६ मा बस्ने १६ बर्षिया पुजा थापाले आत्महत्या गरेको १० दिन पुगेको छ । घरभन्दा करिब २०० मिटरको दुरिमा रहेको निर्माणाधीन घरभित्र बिष सेवन गरि सोही घर बाहिर १६ गते बिहान मृत अवस्थामा फेला परेकी पुजा थापाले के कारण आत्महत्या गरिन् भन्ने कुरा चर्चाको बिषय बन्दै गएको छ । १६ गते शुक्रबार मृत फेला परेकि पुजाले आत्महत्या नै गरेको हुनसक्ने उनको शवको आन्तरिक रिपोर्टिङबाट पुष्टि भएता पनि उनको पोस्टमार्टम रिपोर्टबाट केही कुरा नखुलेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० शिव बहादुर सिंहले बताएका छन ।
आइतबार मात्र पुजाको शवको पोस्टमार्टम भएको थियो जसबाट धेरै कुरा नखुलेको भन्दै बुधबार उनको भिसिरा ल्याबटेस्टको लागि काठमाडौं पठाईएको डिएसपी सिंहले जानकारी दिएका थिए । ल्याबटेस्टको रिपोर्ट अझै आएको छैन । मृतक पुजाका बुवाआमाले सत्यतथ्य कुरा छिटो पत्ता लगाएर आफुलाई न्याय दिनुपर्ने आग्रह गरिरहेका बेला पुजाले आत्महत्या गरेको झन्डै १० दिन पुगिसक्दा समेत ल्याबटेस्टकै रिपोर्ट आउन सकेको छैन जसले प्रहरीलाई अनुसन्धान गर्न ढिलाई भैरहेको डिएसपी सिंहले दुखेसो गरेका छन ।
पुजाले आत्महत्या गर्नुको कारणमा कोहि केटाले उनलाई ब्ल्याकमेल गरेर हुनसक्ने अनुमान लगाईएको छ तर प्रहरीले यसमा भने खासै चासो दिएको छैन । कैलाली जिल्लामा भर्खरै मात्र आएका प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले मृतक पुजाको केशलाई आफुले पछ्याईरहेको बताउदै उनले प्रयोग गर्दै आएको मोबाइलको प्याटन तोड्न सिंगापुर पठाईएको बताएका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा