सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानसँग संयुक्त अभ्यासको ६ औ संस्करणमा भाग लिनको लागी एक सैन्य दल शनिवार इस्लामाबाद पुगेको छ । दुबै देशका सेनाको विशेष टोलीका सैनिक तीन हप्तासम्म चल्ने युद्धाभ्यास “वारियर–वीआइ २०१८” मा भाग लिनेछन् ।
पाकिस्तानी सेनाले भनेको छ कि “चीनका पीपुल्स लिबरेशन आर्मीका विशेष दस्ताको जवान पाकिस्तान–चीन संयुक्त सैन्य अभ्यासमा भाग लिन शनिवार यहाँ आइपुगेका छन् । यी दुबै देश बीच द्धिपक्षिय सैन्य सहयोगको हिस्साको रुपमा ६ औ सैन्य अभ्यास हो” ।
पाकिस्तानी सेनाले संयुक्त अभ्यासको उदेश्य आतंकवादसँग प्रतिस्पर्धाको लागी अनुभव शेयर गर्नुको साथै यो मुद्धाको विषयमा एक–अर्कासँग सिक्नु आवश्यक रहेको बताएको छ ।
पाकिस्तान पछिल्लो समय विभिन्न देशसँग सैनिक सुदृढिकरणको लागी सैन्य अभ्यास गर्दे आएको छ । नोभेम्बरको पहिलो हप्तामा रुसको सेनासँग संयुक्त सैन्य अभ्यास गरीसकेको छ । यता छिमेकी देश भारतले भने पाकिस्तानको यस किसिमको निरन्तर सैन्य अभ्यासलाई लिएर चासो ब्यक्त गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा