सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफ्रीकी देश सुडानमा आइतबार एक हेलिकप्टर दुर्घटनाग्रस्त हुदा सुडानका पुर्वी प्रान्त अल–कादरिफका गर्भनर सहित पाँच शिर्ष अधिकारीहरु तथा मन्त्रिहरुको मुत्यू भएको छ । प्रत्यक्षदर्शिको अनुसार, हेलिकप्टर जमीनमा उत्रने समय एउटा टावरमा ठोक्किदा हेलिकप्टरमा आगो लागेको थियो ।
सरकारी समाचार च्यानलले बताए अनुसार दुर्घटनामा अल–कादरिफका गर्भनर मिरघनी सालेह, उनको क्याविनेट चिफ, स्थानीय कृषि मन्त्रि, स्थानीय प्रहरी प्रमुख र सिमा सुरक्षाका मुखिया मारिएका छन् । हेलिकप्टर इथियोपिया सीमा नजिकै दुर्घटनाग्रस्त भएको हो । यद्यपी, यसको अरु जानकारी प्राप्त हुन सकेको छैन ।
देशको सरकारी न्यूज एजेन्सि एसयूएनएका अनुसार, दुर्घटनामा ६ जना भन्दा बढि विशिष्ट ब्यक्तिहरुको मुत्यु भएको छ भने केही ब्यक्ति घाइते भएको खबर छ । घाइतेहरुलाई स्थानीयको सहयोगमा नजिकैको अस्पतालमा लगिएको छ । यो भन्दा पहिला अक्टोबरमा सेनाका दुई वटा जहाज खार्तुम एयरपोर्टको रनवेमा दुर्घटना भएको थियो जसमा परि ८ जना घाइते भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा