सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २४ । नेपाल वायुसेवा निगमको आइतबार विहानको दुवई–काठमाडौं उडान ४ घण्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावहाकप्रति आत्मीयता राख्ने यात्रूकै विचल्ली भएको छ ।
दुवईको स्थानीय समयअनुसार विहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँमा अवतरण गर्नुपर्ने थियो तर निगमको लापरवाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौं ओर्लिएको थियो ।
हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घण्टापछि उडान भएको हो ।
उक्त विमानबाट यात्रारत एक यात्रुका अनुसार निगमको केन्द्रीय कार्यलय काठमाडौंबाट सो चार्ट स्क्यान गरेर पठाइएपछि कर्मचारीको आग्रहमा दुवई विमानस्थलले उडान अनुमति दिएको थियो ।
ती यात्रुले निगमको विमानप्रति आफूहरूको आत्मीयता रहेको बताउँदै भने– यही आत्मीयताले निगमको विमानबाट यात्रा गदै आएका छौं तर निगमका कर्मचारीले व्यावस्थापनमा ध्यान नदिदा हामीले नै हैरानी भोग्नुपरेको छ ।
निगमको उडान नम्वर २३० न्यारो वडि ए३३२०–२०० दुवैबाट काठमाडौं आउने विमान निर्धारित समयभन्दा ४ घण्टा पछि उडाइएको छ ।
निगमले यात्रुलाई २ घण्टा विमानमै राखी पछि टेक्नीकल समस्या आएपछि ओरालेको थियो ।
उतारिएको ठाउँमा खाना, वासको व्यवस्था गरिएको थिएन । विमानमा १ सय ४० यात्रु सवार थिए ।-नेपाल समाचारपत्र दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा