सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको ग्लोबल टेलिकम्यूनिकेशन कम्पनि हुवाईको मुख्य वित्तिय अधिकारी मेंग वानझु क्यानडामा पक्राउ परेकी छिन । अधिकारीहरुका अनुसार, उनलाई शुक्रबार अमेरीका प्रत्यर्पित गरिनेछ । चीनले यसलाई लिएर कडा आपत्ति जनाउदै उनलाई तुरुन्त छोड्न माग गरेको छ । अमेरीका उनी विरुद्ध संदिग्ध ईरानी प्रतिबन्ध सम्बन्धमा जाँच गरीरहेको कारण मेंग वानझुलाई पक्राउ गरीएको बताएको छ ।
कम्पनि अमेरीकाको गुप्त अधिकारीको राडारमा थियो र उनले यसलाई राष्ट्रिय सुरक्षाको लागी खतरा बताएकी थिइन । क्यानडाको कानुन मन्त्रालयका अनुसार, मेंग लाई १ डिसेम्बरमा बेंकुलरमा पक्राउ गरीएको पुष्टि गरेको छ । अमेरीका उनको प्रत्यर्पणको माग गरीरहेको छ र उनको जमानत आवेदनमाथि शुक्रबार सुनुवाई हुने बताइएको छ । मन्त्रालयका अनुसार, उनीहरु यसको बारेमा थप जानकारी दिन सक्दैनन किनभने मेंग ले यसको प्रकाशनमा प्रतिबन्धको माग गरेकी छिन् ।
मेंग हुवाईका संस्थापक रेन झेंगफईको छोरी र चीन पिपुल्स लिबरेशन आर्मीको पुर्व ईन्जिनियर हुन् । वाल स्ट्रीट जनरलको रिपोर्ट अनुसार, अमेरीकी विभागले अप्रिलमा हुवाई विरुद्ध ईरान प्रतिबन्धका संदिग्ध अलंघनको विषयलाई लिएर जाँच शुरु गरेको थियो । यता चीनको ओटावामा रहेको दुतावासले मेंगको तुरुन्त रिहाईको माग गरेको छ । राजनितिक मिशनले एक बयानमा भनेको छ कि, ‘चीनीया पक्ष दृढता पुर्वक यो किसिमको कारवाहीको विरोध गर्दछ जसले पिडितको मानव अधिकारको गम्भिर उल्लंघन गर्दछ’ ।
चीनले क्यानडा र अमेरीकाको अगाडि विरोध जनाउदै मेंगलाई तुरुन्त छोड्दै उनको निजि स्वतन्त्रतालाई पुर्नरस्थापीत गर्न भनेको छ । हुवाईका अनुसार, उनी कुनै पनि अपराधबाट वेखबर छीन र उनी सबै काम कानुनी दयारामा बसेरै गरेको दावी गरेको छ ।
हुवाई विश्वको सबैभन्दा ठुललो टेलिकम्युनिकेशनको उपकरण र सेवा प्रदाता कम्पनि हो । वैश्विक तौरमा सफलता पाए पश्चात पनि यसको अमेरीकी ब्यवसाय समस्याग्रस्त रह्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा