सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वका अचम्म–अचम्मका कुराहरु तपाईले धेरै नै सुन्नु भएको होला भने केही देख्नु र पढ्नु भएको होला । तर यो मन्दिरमा जे हुन्छ त्यो जानेर तपाई यस्तो हुन सक्दैन भन्नु हुन्छ होला । मानिसहरु कहिले र कहाँ कसको पुजा गर्न थाले यो कसैले जान्दैनन् ।
अब जापानीहरुलाई नै हेर्नुहोस जो यो अचम्मको मन्दिरमा पुजा गर्नको लागी जान्छन् । जहाँ कुनै भगवान वा ग्रहको पुजा हुदैन यहाँ महिलाहरुको स्तनको पुजा हुन्छ । तपाईले यो मन्दिरको सबै ठाउँमा स्तन नै स्तन देख्नुहुनेछ । यहाँ मानिसहरु आफनो मनोकामना माग्नको लागी डमी ब्रेस्ट पनि चढाउछन् । यो मन्दिरको देवी र मान्यतालाई जानेर तपाई सोचमा अवश्य पर्नु हुनेछ ।
जापानको इबारकीमा बनेको एक मन्दिर विश्वभर प्रसिद्ध छ । यो अनौठो मन्दिर इबारकी टोक्योको प्रशांत महासागरको उत्तर पुर्व सीमाको किनारामा अवस्थित एक प्रान्तमा छ । यो मन्दिर ब्रेस्टको देवी छिछिगमीसमको नामबाट चिनिन्छ ।
यो मन्दिरमा भगवानको नभएर ब्रेस्ट देवी छिछिगमीसमको बर्षोदेखी पुजा गर्ने प्रथा चलिआएको छ । यो मन्दिरमा महिलाहरु आफनो सुरक्षित प्रेगनेन्सि र ब्रेस्ट क्यानसरसँग बच्नको लागी ब्रेस्ट देवीको पुजा गर्छन् ।
धार्मिक मान्यता अनुसार यो मन्दिरमा आउने सबै महिलाहरुको मनोकामना पुरा हुन्छ र जुन महिलाहरुको मनोकामना पुरा हुन्छ ती यहाँ आएर डमी ब्रेस्ट चढाउछन् । यो मन्दिरको विशेषता के छ भने मन्दिरमा जहाँ पनि तपाईले महिलाहरुको ब्रेस्ट तथा ब्राहरु मात्र देख्नुहुनेछ । यो मन्दिरमा महिलाहरुको ब्रेस्टको पुजा गरीन्छ र यो पुरै मन्दिरको सजावट कपास र कपडाले बनेको ब्रेस्टबाट गरीएको छ ।
यद्यपी, यो मन्दिरमा ती ब्यक्तिहरु जान्छन् जो अद्धभुत तथा पुरानो चीज हेर्न सौखिन हुन्छन् । यो मन्दिरमा जतिपनि सजावटहरु छन् ति सबै ब्रेस्ट आकारका नै छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा