सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ३०। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भीर आरोप लगाउनुभएको छ ।
सत्तामा आउनुभन्दा पहिले ओली र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौँ, कारबाही गर्छौँ भनेर चर्को स्वरमा बोल्नुभयो । तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बुढीगण्डकी परियोजना बिना प्रतिस्पर्धा दिइयो ? वाइडबडीको विवाद त्यस्तै छ । साढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ?’
केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भए पनि जरैकिला उखल्नेगरी काम गर्न वर्तमान सरकारलाई केले रोक्यो भनेर प्रश्न गर्नुभयो । त्यस्तै सरकारले सिण्डिकेटको अन्त्य गरेको भने पनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उहाँको आरोप छ ।
उहाँले अझै निर्मला पन्तको हत्यारा सरकारले दोषीलाई पत्ता लगाउन सकेन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा