सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दमौली, कात्तिक २८। विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ। गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताए ।
गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० विद्यालयबाहेक आधारभूत, प्राथमिक र बालविकास केन्द्र गरी २१ विद्यालयमा यस वर्षदेखि दिवा खाजाको व्यवस्था गरिएको रानाले बताए ।
“दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने अपेक्षा गरेका छौँ,” उनले भने । विद्यार्थी नियमित नआउने समस्या देखेपछि आकर्षण बढाउन खाजाको व्यवस्था गरिएको हो ।
दिवा खाजाको व्यवस्थापनका लागि यस वर्ष रु २५ लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा