सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, कार्तिक २५ । महालक्ष्मी विकास बैंक र सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
बैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजीत एक समारोहका विच सम्झौता पत्रमा महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
निक्षेप तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन बीमा सेवा दिने अभिप्रायले उक्त सम्झौता भएको बैकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए ।
योसँगै सुर्य लाईफ ईन्स्योरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग महालक्ष्मी विकास बैंकका सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा