सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, कार्तिक १६ । एन आई सी एशिया बैंकले मोरङको लेटाङ नगरपालिका ४ मा नयाँ शाखा विस्तार गरेको छ ।
आज एक कार्यक्रमका विच शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले गरे । दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको जनाए ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
बैंकको हाल मुलुकभर २६४ शाखा कार्यालय, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।
बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १३९ अर्ब पुगेको छ । बैंकको ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा