सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भादगाउँ, कार्तिक २ । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुक्रबारदेखि सुरु भएको छ।
प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने नवदुर्गा मन्दिरका पूजारी जुलाल कर्माचार्यले जानकारी दिए। देवत्व सिद्धिका लागि प्रसिद्ध मानिएको तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पूजारी आचाजुले देवगण हुने सम्बद्ध वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु (घुँघरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ ।
देवगणमा सम्बद्ध वनमालाहरूलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पूजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा र काय बाजा तथा घ:घलाहरू नास द्यः अघिल्तिर राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पूजारी कर्माचार्यले बताए।
वनमालाहरूले नृत्य सिद्धिप्राप्तिपछि नास द्यःलाई भेँडा बली दिइन्छ। नास द्यःलाई भेँडाको भोग बली दिएपछि बाजा र घघला प्राप्ति गरेका वनमालाहरूले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा