सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज २९। चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ आइतबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरेको छ । यस अघि यूट्युब मार्फत सार्वजनिक गरिएको पहिलो गीत ‘लै लै’ले सकारात्मक प्रतिक्रिया समेत पाएको छ । गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्द र वि. पाण्डेको संगीत रहेको छ ।
गीतको भिडियोमा अभिनेता विपिन कार्कीलाई गायकको भूमिकामा देख्न सकिन्छ भने अभिनेता निश्चल बस्नेत र मोडल अन्जली अधिकारी गीतमा फिचर्ड भएका छन् ।चलचित्र ‘प्रसाद’मा नम्रता श्रेष्ठ र विपिन कार्की प्रमुख भूमिकामा छन् ।
यो फिल्म मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।
भिडीयो हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा