सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २८ । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा संचालन गरेको रहस्य खुलेको छ ।
विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत बाचन गर्दै हिंड्ने धादिङका पण्डितले एक महिलालाई ६० लाख रुपैंयाँ ठगी गरेको रहस्य खुलेको हो ।
धादिङको ज्वालामूखी गाउँपालिका– ४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका–५ घर भएकी होमकुमारी ओझालाई ६० लाख रुपैंयाँभन्दा बढी ठगी गरेको खुलेको छ ।
धर्मप्रति लगावका कारण १०८ ठाउँमा महायज्ञ लगाउने चाहना बोकेर हिंड्नुभएकी ओझाले त्यही क्रममा उत्तम भट्टसँग चिनजान हुन पुगेको थियो ।
ओझाले सार्वजनिक र निजी स्थानमा भागवत लगाउँदै गरेको ‘विश्व भागवत धाम नेपाल’ नामक संस्थामा आबद्ध हुन पुग्नुभयो । नेपाल समाचारपत्र दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा