सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २४ । आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको पाचौं खेलमा नेपालले चीनलाई १० विकेटको पराजित गरेको छ। चीनले दिएको २७ रनको लक्ष्य नेपालले १।५ आभेरमा बिना विकेटको क्षतिमा २९ रन बनाइ पूरा गर्यो ।
नेपालको जितका लागि विनोद भण्डारीले २४ रन बनाए भने प्रदीप ऐरीले ४ बनाए । नेपाललाई दोस्रो ओभरमै जित दिलाउन विनोद भण्डारीले २४ रन लिए उनले ८ बल मा ३ चौका र १ छक्का प्रहार गरे । ४ रनका लागि प्रदीपले ३ बलको सामना गरे ।
मलेसिया क्वालालम्पुरको बायुमास ओभलमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि चीनले पहिला ब्याटिङ गरेको थियो। चीनले नेपालविरुद्ध १३ ओभरमा अल आउट हुँदै २६ रन बनाएको थियो। चीनविरुद्धको खेलमा पनि नेपालका स्पीनरहरु नै हाबी भए। सन्दीप लामिछाने, वसन्त रेग्मीले र ललितनारायण राजवंशीले ३(३ विकेट लिए।
चीनका लागि ओपनर यानले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। ६ रन बनाउँदा पहिलो विकेट गुमाएको चीनले २१ रन हुँदा दोस्रो विकेट गुमाएको थियो। बाँकी पाँच रन जोड्दा नेपाली बलर चीनको ८ विकेट लिन सफल भए।
नेपालले प्रतियोगिताका यस अघिका ४ खेलमा सहज निकालेको थियो । म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको नेपालले थाइल्याण्डलार्इ डकवर्ड लुइस नियमका आधारमा १४० रनले पराजित गरेको नेपालले भुटानमाथि ११७ रनको जित निकालेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा