सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २१। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेसले आफ्नो विधान संशोधनको विषयमा तयार पारेको प्रारम्भिक मस्यौदा र सातै प्रदेशबाट संकलन गरिएको सुझावबारे छलफल गर्न आज केन्द्रीय कार्यसमितिको बैठक डाकेको हो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्दैछ।
आजको बैठकमा नेपाल विद्यार्थी संघको महाधिवेशन बारे समेत छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। आजको केन्द्रीय समितिमा विधान संशोधन मस्यौदा समितिले गरेको कामकारबाहीबारे छलफल र नेपाल विद्यार्थी संघको महाधिवेशनबारे छलफल हुनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा