सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुस्कुराइरहेको फूल कस्लाइ मन पर्दैन अनि सुन्दर फूलहरुबाट निस्केको सुगन्धले कस्लाई लोभाउदैन ।कसैलाई प्रभावित पार्न होस या उपहारको रुपमा फूल दिदा विरोधीहरु प्नि नकारात्मक सोचलाई परिवर्तन गरेर राम्रो सम्बन्धको हात बढाउन सक्छन। फूललाई शान्ती र सौन्दर्यको प्रतिक को रुपमा पनि लिने गरिन्छ।
हुन त संसारमा हजारौ प्रजातीका फूलहरु पाईन्छन तर कुनै यस्ता पनि फूलहरु हुन्छन जुन सवै ठाउँमा पाउँछन अनि सवैले औधी मन पराउछन। आउनुहोस आज यस्तै सुन्दर फूल जो अति नै बासनादार हुन्छन र सवैजसो ठाउँमा पाउँछन, तीनै फूलको बारेमा जानकारी हासिल गरौं।
१) चेरी ब्लाँसम (Cherry Blossom):
मूख्यतः हिमालय क्षेत्रमा पाईने चेरी धेरै नै मनमोहक, सून्दर र वासनादार हुन्छ। हरेक वर्ष वसन्त ऋतुमा जापानमा चेरीको फूल फूल्ने समयमा संसार भरका हजारौं पर्यटकहरुको ओइरो नै लाग्ने गर्दछ। त्यचसैगरी अमेरिकामा पनि चेरीको फूल फूल्ने समयमा उत्सव नै मनाउने गरिन्छ। सेतो र गुलावी चेरीको फूलको लोकप्रिय अत्यधिक मानिन्छ।
२) डेहलिया (Dahlia):
सामान्यतया यो फूल संसार भरीनै पाइन्छ तर यो फूल अत्यधिक मात्रामा मध्य अमेरिका, कोलंविया र मेक्सिको को जंगलमा पाईन्छ। यो फूल ठूलो आकारमा आकर्षक तथा अनेक रंगमा पाइन्छ। नीलो रंगको वाहेक अन्य रंगको डेहलियालफूल को प्रजाती हजारौं थरीको पाइन्छन।
३) मुटुको आकृती भएको फूल (Bleeding Heart)
यो फूलको आकृती मुटु जस्तै हुन्छ। फूलको वगैचामा यो फूल अत्यधिक लोकप्रिय र सुन्दर देखिन्छ। यो फूल विशेषतः रातो, गुलावी र सेतो रंगमा पाइन्छ।
४) भंग फूल (Canna Flower):
काटिएको फूको पत्ता जस्तै आकारको यो फूल कैना फूलको दश प्रजातीहरु मध्य एक हो। कैना प्रजातीको सवै भन्दा नजिकको जाती केरा र अदूवा हुन। यो प्रजातीको फूल अत्यन्तै सुन्दर र चटकदार हुन्छ। यो फुल धेरै जसो गाढा रातो, गुलावी, पहेलो, निलो, केशरी रंगको र मिश्रित रंगको पाउने गर्दछ।
५) गुलाव फूल (Rose):
गुलाव फूल सवैभन्दा सुन्दर फूलहरुमध्य एक हो। गुलाव को फूल दिनुको फरक फरक अर्थ लाग्ने गर्दछ। यदि कसैलाई पहेलो रंगको गुलावको फूल दिइन्छ भने प्रिय साथीको रुपमा दिइन्छ, त्यसैगरी कसैलाई रातो रंगको गुलावको फूल दिइन्छ भने त्यसको अर्थ सच्चा प्रेमको प्रतिकको रुपमा अर्थाउने गरिन्छ। गूलाव कुनै पनि वगैचामा सजाउनका लागि अति नै सुन्दर मानिन्छ।
६) घण्टिफूल (Tulip):
घण्टि फूल वसन्त ऋतुमा फूल्ने गर्दछ। यो फूल अत्यधिक आकर्षक र सून्दर मानिन्छ। यो फूल भारतको उत्तर पश्चिमी हिमालय क्षेत्र र काश्मिर देखी कूमाल सम्म १५०० देखि २५०० मिटरको उचाइमा पाइन्छ।
७) सेतो कमल (White Lotus):
सेतो कमलको फूललाई मिश्रको कमल पनि भनिन्छ। यो फूल एशिया र अफ्रिकी महाद्धिप को विभिन्न भागमा पाइन्छ। विश्वमा कमलको दुई प्रजाती पाइन्छन। यसको साथै कैयौं जलिय कुमुदिनीलाई पनि कमल जाती को रुपमा लिने गरिन्छ।
८) कुमुदिनी (Lily of the Valley):
कुमुदिनीफूल यसको सुन्दरता र सुगन्धका कारण विश्वप्रख्यात छ। यो फूलको वाहिरी भागमा गूलावी वर्ण हुन्छ र भित्रि भागमा पहेलो र सेतो देखिन्छ। यस फूको हाँगा धेरैनै उचो हुँन्छ।
९) ओरिएन्टल पोस्ता (Oriental Poppy):
ओरिएन्टल पोस्ता एक बाह्रै महिना फूल्ने फूल हो। यो फूल सामान्यतया ग्रिष्म ऋतुमा फूल्दछ अनि गर्मि मौसममा यसका सवै पातहरु झर्दछन। यो फूल सेतो, गुलावी र रातो रंगमा पाइन्छ।
१०) प्लूमेरिया (Plumeria):
प्लुमेरिया फूलको सुगन्ध अुत्यन्तै सुगन्धित हुन्छ। यो फूल पहेलो र सफेद सेतो रंगको हुन्छ। यो फूललाई सुगन्धको प्रतिक पनि मानिन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा