सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज १५ । नेपाल प्रहरीले झण्डै आठ हजार प्रहरीका लागि दरखास्ता आव्हान गरेको छ।
प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले प्रहरी निरीक्षक १०८ जना सहायक निरीक्षक ५२४ जना र जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आव्हान गरेको छ।
त्यस्तै भान्सेका लागि ३२० जनाको दरखास्त आव्हान गरिएको छ। १५ जना हजाम, सिलाई बुनाई सम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जना र खेलाडी ३० जनाको दरखास्त आव्हान गरिएको छ।
प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट दरखास्त दिन सकिने छ। त्यस्तै जवानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट पनि दरखास्त दिन सकिने छ।
दरखास्त असोज १८ गते देखि कार्तिक २९ गते सम्मको समय तोकिएको छ।
सुचानको पहिलो पृष्ट हेर्न यहाँ क्लिक गनुहोस् ।
सुचानको दोस्रो पृष्ट हेर्न यहाँ क्लिक गनुहोस् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा