सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको सबैभन्दा ठुलो पंक्षिको नामलाई लिएर वैज्ञानिकहरु विच दशकौदेखी चल्दै आएको मतभेद समाप्त भएको छ । वैज्ञानिकहरुले बुधबार वोरोम्बे टाइटनलाई विश्वको सबैभन्दा ठुलो पंक्षि घोषणा गरेका छन् । तीन मिटर लामो लोप भई सकेको यो पंक्षी मैडागास्कन प्रजातीको हो । यसको तौल ८०० किलोग्राम सम्म हुन्थ्यो ।
‘रोयल सोसाइटी ओपन साइन्स’ नामक जर्नलमा प्रकाशित यो अध्ययनमा मैडगास्कन जीवमा अप्रत्याशित विविधताको बारेमा बताइएको छ । पहिलो हात्ती पक्षि को १५ विभिन्न प्रजातिहरुको पहिचान दुई बंश अन्तर्गत गरीएको थियो । त्यही ब्रिटेनमा प्रकाशित जीयालोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) द्धारा हालैमात्र गरीएको अनुसन्धानमा यो तथ्यलाई प्रकाश पारिएन ।
जेडएसएल को इंस्टीच्युट अफ जुवलोजी का जेम्स हंसफोर्डले बताए कि “हात्ती पंक्षी मैडगास्कनको महाप्राणी भन्दा ठुलो थियो र द्धिपको विकास क्रमिक इतिहासमा सबैभन्दा महत्वपुर्ण विवादास्पद मध्ये एक थियो । यही कारण यो विशाल शरीर भएको जनावर यदि शाकाहारी भएमा वोटविरुवा खाएर पारिस्थितिक तन्त्रमा गहिरो असर पार्छ । साथै उसले मलको माध्ययमबाट वायोग्यास र बीउ विजन फलाउथ्यो । यो लोप भईसकेको पंक्षिहरुको प्रभावको कारण मेडागास्कर आज पनि प्रभावीत भईरहेको छ” ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा