सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असोज ९। आज (मंगलबार) शेयर बजारमा उछाल आएको छ । बजार आज दोहोरो (२२.३७) अंकले बृद्धि हुँदा १ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएको हो । १७३ कम्पनी आजको कारोबारमा सामेल थिए ।
यो दिन बजारलाई उछालको गतिमा कुदाउने महत्वपूर्ण भूमिका बैंकिङ समूहले गर्यो । यो समूहको परिसूचक २९.५२(२.६७ प्रतिशत) अंकले बढ्यो । यस्तै, निर्जीवन बिमा समूह ६४.६५ अंकले बढेको यो दिन जीवन बिमा समूहको सूचकमा ३७.३६ अंकको बढोत्तरी भयो । होटल समूह २२.७८ अंक, व्यापार समूह २.७९ अंक, विकास बैंक समूह ३७.८२ अंक, जलविद्युत समूह ७.३४ अंक, बित्त समूह ५.५९ अंक, उत्पादनमूलक १०.९४ अंक र माइक्रोफाइनान्स समूह १०.५५ अंकले बढे ।
आज सबै समुहमा बढोतरी आउँदा लगानीकर्ताहरु उत्साहित बनेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा