सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानको सेनाले हामी युद्धको लागी तयार रहेको तर आफनो देशवासीको हितको लागी शान्तिको बाटो अंगाल्ने बताएका छन् ।
शनिवार दिइएको उक्त चेतावनीलाई भारतीय जनरल विपिन रावतको टिप्पणीको जवाफ भनिएको छ । भारतीय सेनाप्रमुख रावतले पाकिस्तानी सेनाद्धारा भारतीय सैनिकको बर्बरतापुर्ण हत्याको बदल्ला कडा कारवाहीले गनुपर्ने भनाइ राखे लगत्तै पाकिस्तानी सेनाबाट यस्तो चुनौती आएको हो ।
दुन्या टिविलाई दिइएको साक्षात्कारमा पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले भने कि “हाम्रो देशको आतंकवाद विरुद्धको लडाईको इतिहास लामो छ र हामी शान्तिको लागी त्यसको मुल्य जान्छौ । उनले अगाडि भने पाकिस्तानको शान्तिको इच्छालाई कमजोरीको रुपमा बुझ्ने गल्ती गर्न हुदैन । अब तपाई तयार हुनुहुदैन भने युद्ध प्रभावीत पनि नगर्नुहोस तर हामी परमाणुयुक्त देश हो र हामी युद्धको लागी जुनसुकै बेला पनि तयारी अवस्थामा छौ “।
भारतको बीएसएफ जवानको हत्याको आरोपलाई नर्कादै गफूरले भने “पछिल्लो दुई दशकमा हामीले शान्तिको लागी संघर्ष गर्यो । हामीले कहिलेपनि कुनै जवानलाई नोक्सान पुर्याउनको लागी केही पनि गरेका छैनौ । यस अघि पनि उनले यसरी नै एक जवानको शवलाई क्षत विक्षत गरेर हत्या गरेको आरोप लगाएका थिए । हामी एक पेशगत सेना हौ, हामी कहिले पनि यस्तो कार्यमा समावेश हुदैनौ , हामी युद्धको लागी तयार छौ तर पाकिस्तानको जनता र छिमेकीहरुको लागी हामी शान्तिको बाटो अंगाल्नेछौ” ।
गफूर ले भने कि “आफनो घरेलु मुद्धाबाट ध्यान हटाउनको लागी भारतीय सेना गैरजिम्मेवारपुर्ण वयान दिदै आइरहेको छ “।
पाकिस्तानका सुचना मन्त्रि फवाद चौधरीले भने “पाकिस्तान र भारत दुबै देश परमाणु शक्तिले भरिपुर्ण छ । यस्तो अवस्थामा युद्धको सवाल नै पैदा हुदैन । शान्ति प्रेमी पाकिस्तान भारतसँग शान्तिको अपेक्षा राख्दछ “।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा