सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको सबैभन्दा धनि तथा शक्तिशाली ब्यक्ति ज्याक मा ले चिन र अमेरीका बिच जारी ट्रेड वारको असर दिर्घकालसम्म रहिरहने बताएका छन् । उनले भनेका छन् कि जति सोचिएको छ त्यसको कैयौ धेरै विनास यस्ले निम्त्याउनेछ । यो ट्रेड वारले २० बर्षसम्म गम्भिर असर गर्न सक्छ यानी राष्ट्रपति डोनाल्ड ट्रंपको कार्यकाल सकिए पछि पनि यसको असर जारी रहनेछ । किनभने दुबै देश विश्वको दुई शक्तिशाली आर्थिक शक्ति हुन् ।
ज्याकमाको सल्लाह अनुसार चीन अमेरीकासँग भिड्नुभन्दा आफनो कारोबारको बेस बढाउन आवश्यक ठान्छन् । उनका अनुसार चिनले दक्षिण पुर्व एशिया र अफ्रिकामा कारोबार फैलाउनको लागी सोच्नु आवश्क रहेको बताएका छन् ।
वर्ताबाट सुल्झाउन सकिन्छ ब्यापार युद्ध : चिन
खबर अनुसार यो भन्दा पहिला चीनका प्रधानमन्त्रि ली किंगले अमेरीकासँग जारी ब्यापार युद्धको बिच मुक्त ब्यापारको लागी वैश्विक समर्थनको अपील गर्दे भनेका छन् कि एकतर्फिवादले मात्र ति सबै ब्यापारीक विवादको हल निस्कदैन, जसलाई केबल वार्ताद्धारा मात्र समाधान गर्न सकिन्छ । ली ले विश्व आर्थिक मंञ्चको ग्रिष्म सत्रलाई तियान्जिनमा सम्बोधन गर्दे ति सबै आशंकाहरुलाई मेटाउदै चीन निर्यातलाई बढावा दिनको लागी आफनो मुद्रालाई कमजोर बनाउदैछ ।
चीनको मुद्रा कमजोर बनाउने योजना छैन
उनले भने कि “हामी बहुलबाद र मुक्त ब्यापारको आधारभुत सिद्धान्तहरुमा टिकिरहन आवश्यक छ” । ली ले जारी ब्यापार युद्धको सन्दर्भ ननिकाली भने कि समाधानको लागी विचार विमर्शद्धारा प्रयास गर्न जरुरी छ । उनले अगाडि भने “एकतरफवादले यस्को हल निस्कदैन जुन वहनीय छ “।
उनले यो पनि स्पष्ट गरेका छन् कि आफनो निर्यातको मद्यतको लागी मुद्रालाई कमजोर बनाउने चिनको कुनैपनि योजना छैन । उनले भने कि “चिन विनिमय दरको प्रतिस्पर्धि अवमुल्यनमा कुनै पनि तरिकाले समावेश हुनेछैन, यो बर्ष मार्चपछि अहिलेसम्म युआन डलरको मुल्य आठ प्रतिशतले गिरावट आइसकेको छ” ।
चिन र अमेरीकाले फेरी लगाए शुल्क
ली ले ट्रंपद्धारा चीन माथि मुद्रामाथि अवमुल्यन गरेको आरोपको अप्रत्यक्ष प्रतिक्रिया दिदै भने “केही मानिसहरुका अनुसार चीनले जानीजानी आफनो मुद्राको अवमुल्यन गरेका छन् भन्दै टिप्पणी गरेको कुरा आधारहीन हो । अवमुल्यनले चीनको लागी राम्रो गनु भन्दा धेरे नराम्रो गर्नेछ” ।
विश्वको दुई शक्तिशाली देश विचको अर्थब्यवस्था विच जारी ब्यापार युद्ध मंगलबार नयाँ उचाइमा पुगेको छ । अमेरीकाले चीनको अतिरिक्त २०० अरब डलरको आयातमा नयाँ शुल्क लगाउने घोषणा गर्यो त्यसपछि चीनले पनि अमेरीकाको ६० अरब डलर बराबरको सामानमा अतिरिक्त आयात शुल्क लगायो । यो भन्दा पहिला दुबै देशले एक–अर्काको ५०–५० अरब डलरको सामानहरुमा आयात शुल्क लगाइसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा