सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र ३१ । “चाडपर्व मनाऔं, एनआई सी एशिया रेमिट सँगै” भन्ने नारा सहित एनआईसी एशिया बैंकले दशै, तिहार र छठलाई लक्षित गरी आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउन सकिने ब्यवस्था गरेको छ ।
बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म एनआई सी रेमिट मार्फत रकम पठाउने ग्राहकहरुलाई ३ पटक रकमप ठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।
रेमिट रकम यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मंङसिर महिनासम्म लागु हुनेछ । योे समयमा ग्राहकहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहजरुपमा यस बैंक मार्फत रकम पठाउन र निकाल्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा