सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र २९ । सरकारले कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या लगायतका मुलुकभरका हत्या लगायत घटनाका बारेमा संघीय संसदलाई जानकारी गराएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापाले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका हत्या लगायतका घटना, खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको बारेमा संघीय संसदका दुवै सदनलाई जानकारी गराएका हुन् ।
उनले सबै किसिमका अपराधमा संलग्नलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको बताए । पन्तको घटनाबारे सरकार गम्भीर रहेको र भविश्यमा पनि अपराधिहरुलाई कानुनको कठघरामा ल्याउन प्रतिवद्ध रहेकोमा पनि उनले सदनलाई आश्वस्त तुल्याए ।
उनले मुलुकमा शान्ति सुरक्षा र स्थिरता कायम गर्न सबै किसिमका अपराध नियन्त्रण गरि जनतालाई सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता जाहेर गरे ।
निर्मला पन्तको बलात्कार पछि हत्याको सम्बन्धमा गृहमन्त्रालयले भदौ ७ को बैठकको निर्णय अनुसार उच्चस्तरीय छानविन समिति गठन गरेको र सो समितिले अध्ययन गरिरहेको भन्दै घटनाको छानविन तथा विस्तृत अनुसन्धान जारी रहेको बताए ।
अनुसन्धानको सम्बन्धमा कहि कतै लापरवाही र गल्ती भएको पाईए उनीहरुमाथि पनि कारवाही हुने प्रतिवद्धता पनि उनले जाहेर गरे ।
घटना छानविन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा सत्यता नभएको दाबी उनले गरे । सुरक्षाको दृष्टिकोणबाट अलग भएको भनि राजिनामा दिएको भनिएपनि सरकारले छाविन समितिका सदस्यको सुरक्षाको प्रत्याभुति गराउने आश्वासन पछि सदस्य पुन काममा फर्किएको दाबी उनले गरे ।
खोज तलास डट कम र खोज तलास साप्ताहिकका अध्यक्ष एवं प्रधान सम्पादक राजु बस्नेतमाथि काठमाण्डौ जिल्ला अदालतमा अभियोग पत्र सहित मुद्धा दायर गरिएको उनले जानकारी दिए । उनले भने “बस्नेतले जनप्रतिनिधि कि जग्गा दलाल भन्ने शिर्षक राखि भदौ २१ गते सांसद फम्फा भुसाल र ललितपुर प्रदेश नम्बर ३, १ का सांसद राजकाजी श्रेष्ठको समेत फोटो राखि अपमान एवं हैरानि हुने गरि समाचार प्रकाशित गरेकाले विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ र ४९ हदै सम्मको कारवाही गरि पाउ भनि शुशिल खनालले भदौ २२ गते गरेको जाहेरी अनुसार कारवाही प्रक्रिया अघि बढाईएको छ । ”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा