सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र ४ । संसद विकास समितिले प्रतिनिधि सभा अन्तर्गतको विकास ससमितिले फेसबुक, ट्विटरलगातका सामाजिक सञ्जालमा विज्ञापन गरेबापत ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिरहेको ठहर गर्दै समितिले यसको नियमन गर्नका लागि सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यसैगरी समितिको बैठकले टेलिभिजन लगायतका सञ्चार माध्यमलाई क्लिन फिड नीति अख्तियार गर्ने नेपाल सरकारको कार्यक्रम रहेकोमा सोको कार्यान्वयन पक्ष चुस्त एवं प्रभावकारी भएको नपाइएको भन्दै उक्त कार्यलाई प्राथमिकता दिई कार्यान्वयन गर्न गराउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा