सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, भदौ १ । सरकारले नयाँ अार्थिक वर्षबाट लागू हुने गरी चिया-श्रमिकहरुको पारिश्रमिक निर्धारण गरेको छ । यस वर्षको साउनबाट नै लागू हुनेगरी चिया उद्योगमा काम गर्ने मजदुर र बगानमा कार्यरत मजदुरको छु्ट्टाछुट्टै पारिश्रमिक निर्धारण गरेको हाे । नयाँ परिश्रमिकअनुसार अब चिया बगानका मजदुरले मासिक १० हजार ७ सय ८१ रुपैयाँ पारिश्रमिक पाउनेछन् । चिया उद्योगमा काम गर्ने श्रमिकले भने न्यूनतम १३ हजार ४ सय ५० पारिश्रमिक पाउने भएका छन् ।
बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी चिया उद्योग र बगानमा काम गर्ने मजदुरको पारिश्रमिक निर्धारण गरिएको हो । नयाँ पारिश्रमिक अनुिसार चिया उद्याेगमा कार्यरत मजुदूरलार्इ आधारभूत तलब ८ हजार ४ सय ५५, महँगी भत्ता ४ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ । यसैगरी सो क्षेत्रमा दैनिक ज्यालादारी गर्ने मजदुरका लागि आधारभूत पारिश्रमिक ३ सय २५ र महँगीभत्ता १ सय ९२ गरेर ५ सय १७ रुपैयाँ तोकिएको छ । त्यसैगरी प्रतिघण्टा काम गर्ने श्रमिकको हकमा आधारभूत पारिश्रमिक ४३ र महँंगी भत्ता २ हजार ६ गरेर ६९ रुपैयाँ तोकिएको छ ।
चिया बगानमा काम गर्ने श्रमिकका लागि अाधारभूत तलब ६ हजार ४ सय ६९ र महँगीभत्ता ४ हजार ३ सय १२ रुपैयाँ तथा बगानमा काम गर्ने श्रमिकको दैनिक आधारभूत परिश्रमिक २ सय ३१ रुपैयाँ र महँगीभत्ता १ सय ५४ गरी ३ सय ८५ रुपैयाँ ताेकिएको छ । सोही क्षेत्रमा प्रतिघन्टाका दरले काम गर्ने श्रमिकको भने आभारभूत ३१ रुपैयाँ र महँगीभत्ता २० गरेर ५१ रुपैयाँ निर्धारण गरिएको छ ।
लामाे समयदेखि न्युनतम पारिश्रमिक निर्धारण हुन नसक्दा चिया श्रमिकहरु मर्कामा परेका थिए । यसै कुरालार्इ लिएर विवाद समेत चुलिएकाे थियाे । नयाँ पारिश्रमिक समेत पर्याप्त नभए पनि चिया मजदुरहरुलार्इ केही राहत महसुस हुने अाशा गरिएकाे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा