सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३१ । एनआईसी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २ सय ३७ वटै शाखाहरुबाट सहज रुपमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे ।
बैंकले मुलुकभर २ सय ३७ शाखा कार्यालय, २ सय ३० एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ ईकाईमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १ सय ८१ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ५३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
कुल कर्जा करिब रू. १ सय २४ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले जनाएको छ । हालसम्म बैंकका ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको दाबी पनि गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा