सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २९ । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेले लगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् ।
ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश भएका हुन् ।
यसअघि आइसिसीले सार्वजानिक गरेको टि–२० वरियतामा नेपालका कप्तान पारस खड्का सहित चार खेलाडीहरु शीर्ष १०० भित्र पर्न सफल भएका थिए । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान टि –२० अन्तर्गत शीर्ष १०० भित्र परेका थिए।
ब्याटिङ्ग तर्फ कप्तान पारस खड्का २६५ अंकसँगै ९० औ स्थानमा परेका छन भने शरद भेषवाकर २३८ अंकसहित ९८ औ स्थानमा परेका छन् । शिर्ष स्थानमा भने ८९१ अंकसहित अष्ट्रेलियाका आरोन फिन्च छन् भने भारतका विराट कोहली ६७१ अंकसहित १२ औ स्थानमा छन् ।
बलिङ्ग तर्फ बसन्त रेग्मी ३९७ अंकसहित ७१ औ स्थानमा र सोमपाल कामी ३३८ अंकसहित ९२ औ स्थानमा परेका छन् । टि–२० वरियताको शिर्ष स्थानमा ८१३ अंकसहित अगागानिस्तान रसिद खाँन छन् भने ७२३ अंकसहित पाकिस्तानका सादव खान परेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा