भर्खरै

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले शेयरधनीलाई ३६ प्रतिशत बोनस शेयर दिने


 August 9, 2018     सेतो खबर

काठमाडौं, साउन २४ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले सेयरधनीलाई ३६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बिहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको ९४औं बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी को ३६ प्रतिशत बोनस सेयर र १.८९४७४ प्रतिशत नगद लाभांश ९बोनस सेयरको कर प्रयोजनको लागि प्रदान गर्ने निर्णय गरेको कम्पनि सचिव विनोद कुमार भुजेलले बताउनु भयो।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय रुपैयाँ छ ।

उक्त बोनश बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात प्रदान गरीनेछ ।

ctzn
LIC

LIC


Ime Inside