भर्खरै

मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा काभ्रेको साँगामा


 August 9, 2018     सेतो खबर

काभ्रेपलाञ्चोक, साउन २४ । मेगा बैंकले काभ्रेपलाञ्चोकको साँगामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । विहिवार एक कार्यक्रमका विच शाखा रहित बैंकिङ्ग सेवाको मेगा बैंकका सहायक महाप्रबन्धक मनोज खड्का र प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी. ले संयुक्त रुपमा दीप प्रज्जवलन गरी औपचारिक रुपमा उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक खड्काले मेगा बैंकको “हलो देखि हाइड्रो” भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.ले मेगा बैंकको शाखा रहित बैंंकिङ्ग सेवालाई स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रहरुमा बैंकिङ्ग पहुच पुर्याउन सुझाव दिनुभयो । केसीले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई कमाएको पैसा वचत गर्न सिकाउनुपर्ने, समाज सुधारको लागि बैंकले पहल गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । समाजको सुधार भएमात्र बैंकको पनि कार्यक्रममा सुधार आउने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित बनेपा नगरपालिका वडा नं. १३ र १४ का वडाध्यक्ष द्धय सूर्यनारायण नापित र गौरी राउत, नेपाल प्रहरी विद्यालयका समादेशक श्यामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो । बक्ताहरुले सामाजिक सुरक्षा भत्ता शाखा रहित बैंकिङ्ग बाट उपलब्ध गराउन, बैंकको एक्सटेन्सन काउन्टर एवम् एटिएम मेशिन राख्न सुझाव दिनुभयो ।

कार्यक्रममा माइक्रो बैकिङ्ग विभाग प्रमुख प्रकाश पोखरेलले उपस्थित सहभागीहरुलाई स्वागत गर्नुभयो । स्वागत मन्तब्यको क्रममा पोखरेलले मेगा बैंकको स्थापना, बैंकिङ्ग इतिहास र वर्तमान अवस्थाको वारेमा जानकारी गराउनुभयो । त्यसैगरी शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गर्नुको उद्धेश्य, यसले दिने सेवा सुविधाहरुको वारेमा वताउनुभयो ।

पूजीको हिसावले मेगा बैंक निजी बैंकहरुमध्येकोे दोश्रो ठूलो बैंक हो । हालसम्म बैंकेले देशैभरी फैलिएर रहेको १०१ वटा शाखा र ११९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफना ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

LIC



Ime Inside