सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन २३ । नेपाल बङ्गलादेश बैक र आईएमई लाईफ ईन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता भएको छ ।
मंगलबार बैकको मुख्य कार्यालयमा भएको सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका हुन् । ।
जिबन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले जानकारी दिनुभयो ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जिबन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै आईएमई लाइफ इन्सुरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग नेपाल बंगलादेश बैंकका सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा