सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन १८ । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनवाई समितिको बैठक जारी छ । शुक्रबार बिहानदेखि सुनुवाइ समितिकाे कार्यालय सिंहदरबारमा बैठक चलिरहेकाे छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेकाे थिएन।
बहुमतीय प्रक्रियाबाट गए समिति बैठक बहिष्कार नै गर्ने चेतावनी कांग्रेसले दिएको थियो। कांग्रेसको चेतावनीपछि सहमतिका लागि भन्दै बैठक दुई दिनका लागि सारिएको थियो। दलहरुको पोजिसन यथावत रहेको अवस्थामा जोशीको अनुमोदन हुने सम्भावना भने कम देखिन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा