सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको ‘पहिलो नम्बरमा’ बोलको गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् । स्वर डेभिड शंकर र विन्दु परियारको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइराला नाचेका छन् ।
दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत लोक लयमा तयार पारिएको छ ।
यो फिल्म दशैंको अवसर पारेर प्रदर्शनमा आउदैँछ ।
गीत हेर्नुहोस् :-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा