सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन ६ । मानव अधिकारवादी कृष्ण पहाडीले देशमा नसोचेको आँधी आउन लागेको बताएका छन् । डा. गोविन्द केसीको जिवन रक्षाको माग गर्दे आइतबार देखि बसन्तपुरको डबलीमा समर्थकहरुले सामूहिक सत्याग्रहमा बोल्दै उनले उक्त संकेत दिएका हुन् ।
उनले देश जागीरहेको र अब डा. केसीको आन्दोलन जनआन्दोलनमा परिणत भएको बताएका छन् ।
उनले भने “कुनै पनि लोकतान्त्रिक सरकारले लोकतान्त्रिक आचरण प्रदर्शन गर्छ उसले वार्ता गर्छ, सम्वाद गर्छ र निकास खोज्छ, राज्यको भुमिका, सरकारको भुमिका भनेको अभिवावकत्वको भुमिका हो दुखका साथ भन्नुपर्छ सरकारको भुमिका अभिवाकत्वको भुमिका रहेन, प्रतिसोधिको भावना रह्यो निर्वाचन अगाडि केपी ओली प्रतिस्पर्धा हुनुहुन्थ्यो निर्वाचन पछाडी उहाँ प्रधानमन्त्रिको रुपमा अभिवावकको रुपमा प्रस्तुत हनुपर्ने उहाँ प्रतिस्पर्धि कै रुपमा भाषा बोलिरहनुहुन्छ अवाच्य वोल्नुहुन्छ “।
साथै पहाडीले संसद भनेको प्रतिगमनको अखडा नभएका र संसद अग्रगमणको अखडा, गरिवमुखि, जनतामुखि एजेण्डा राख्ने ठाउँ भएकोले उक्त एजेण्डा पेश गर्न चुनौति समेत दिएका छन् ।
उहाँले २०६२/६३ को आन्दोलन सम्झउदै भने “पुराना राजा महाराजको हट यस्तै थियो परिणाम के भयो त्यसैले आज सत्यका सारथीहरु एकतिर छन् दुरागहीका संरक्षकहरु एकातिर छन् अब कित्ता छुटियो अब म विचमा बस्छु भन्न पाइदैन “।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा