सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ६ । साउन महिनाको सोमबार मनाइने बोलबम यात्रामा महिनाभरमा एकलाखभन्दा बढी यात्रीको सहभागिता रहने भएको छ । ओम् बोलबम कावँरिया सङ्घले शनिबार बोलबम यात्रा उत्सवको अवसरमा काठमाडौँमा ठूलो सङ्ख्यामा सहभागी यात्रीबीच ¥याली आयोजना गरेको छ । ओम् बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार बोलबम यात्रा डिल्लीबजारबाट सुरु भई गोकर्ण सुन्दरीजल पुगेर जल ल्याई यही मार्गबाट पशुपति पुग्नेछ ।
यो पल्ट जलद्रोणी दक्षिण फर्किएको जयवागेश्वरीस्थित अमालकोट कचहरी परिसरको खञ्जनेश्वर महादेवमा पनि बोलबम यात्रीले जल चढाउने भएका छन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बोलबमको शनिवार आयोजित ¥यालीको जमघट अनुसार नै गोकर्णमा आवश्यक व्यवस्था मिलाइएको बताउनुभएको छ ।
चालिसेका अनुसार स्थानीय सामाजिक संस्थाहरुले बोलबमको सुविधामा कार्य गर्ने भएका छन् । पशुपतिनाथ मन्दिर विहान ३ः०० बजेदेखि नै खुला गर्ने व्यवस्था गरिएको नाथका बिसेट अरुण श्रेष्ठले जानकारी दिनु भएको छ ।
यो पल्ट परेको साउनको चारै सोमवार बोलबम यात्रीको सहभागिता रहने भएको छ । यो साउनमा ७, १४,२१,र २८ गते सोमवार परेको छ ।
अध्यक्ष सुनिल ठाकुरका अनुसार भारतको चम्पारण र मज्जफरपुर रक्सौलबाट बोलबम भजन गाउने प्रसिद्ध भोजपुरी गायकको यहाँ आगमन भएको छ ।
काठमाडौँबाट यात्रा सुरु गर्न चाहने केही यात्री काठमाडौँका लज धर्मशाला र सव्जी मण्डीमा आइसक्नु भएको छ । तराईबाट आउने बोलबम यात्रीलाई घरफिर्ता गर्न यातायात समेतको व्यवस्था गरिएको छ भने सङ्घले यात्रीको सुविधाका लागि कुनै कसर नराख्ने बताएको छ ।
बोलबम यात्रीको केही हिस्सा आइतवार साँझ सुन्दरीजल पुग्दैछन् । बोलबम पैदल यात्रामा बाटोघाटोमा चोटपटक लाग्ने धातु सीसा जस्ता पदार्थ हटाइदिन अध्यक्ष ठाकुरले अनुरोध गर्नुभएको छ । यसैगरी भक्तपुरको आशापुरी महादेव, डोलेश्वरमा जल चढाउन जाने बोलबम आयोजकलेपनि आ–आफ्नै प्रकारले व्यवस्थापन गरेका छन् । ललितपुर सुनाकोठीस्थित भृङ्गारेश्वर महादेवमा जल चढाउने गरी नागदह पुग्ने स्थानीय बोलबम यात्रीको व्यवस्थापन भइरहेको यो मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण महर्जनले जानकारी दिनुभएको छ ।
छिट्टै प्रशन्न हुने स्वभावका आशुतोषका रूपमा यो महिना र यो महिनाको साउनमा शिव स्तुति गरेर मनाइने प्रचलन छ । याे खबर अाजकाे गाेरखापत्रमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा