सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ओमेगा–३ फ्याटी एसिडले भरिपुर्ण माछा तथा अन्य खाद्य पदार्थको सेवन गर्नाले क्यान्सर तथा हृदय विकार जस्ता रोगबाट चाडो मुत्यु हुने खतरा कम हुनेृ एउटा अनुसन्धानले पत्ता लागेको छ ।
१६ बर्षसम्म २,४०,७२९ पुरुष र १८०,५८० महिलाहरुमा गरीएको एक अध्ययनमा यसको कमीबाट मर्नेको संख्यामा ५४,२३० पुरुष र ३०,८८२ महिलाहरु रहेका छन् । “जर्नल अफ ईन्टरनल मेडिशिन” मा प्रकाशित अनुसन्धान अनुसार अत्यधिक मात्रामा माछा तथा ओमेगा–३ फ्याटी एसिडको कारण मुत्यु दरलाई कम गर्न मद्यत गर्दछ ।
अनुसन्धानकर्ताका अनुसार ओमेगा–३ फ्याटी एसिडको सेवन पुरुष तथा महिलाहरुमा क्रमशः १५ प्रतिशत र १८ प्रतिशतसम्म कार्डियोवैस्कुलर रोगबाट मुत्यु हुने दरलाई कम गर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा