सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार ३१ । सिटिजन्स बैंकले एकसाथ चारवटा नयाँ शाखा विस्तार गरेको छ । आइतबार बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार सम्मेलन बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी प्युठानकोझिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारी गरि कुल ४ वटा शाखा संचालनमा ल्याएको छ ।
सरकारले वित्तीय पहुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनकालागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न सिटिजन्स बैंकले थप ४ वटाशाखाहरु संचालनमा ल्याएको छ ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकले सहयोग गरेको छ । अब आउने निकट भविष्यमानै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गराए ।
सिटिजन्स बैंकले देशैभरी फैलिएकाआफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा