सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानमा शुक्रबार दुई अलग अलग ठाउँमा भएको चुनावी ह्यालीमा बम विष्फोट हुदा ७५ जनाको मुत्यु र ६२ जना घाइते भएका छन् । पहिलो आक्रमण पाकिस्तानको उत्तर पश्चिममा भएको थियो जुन बम विष्फोटमा कट्टरपंथी इस्लामी पार्टिका बरिष्ट नेता त बचे तर यसमा पाँच जना मुत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।
उत्तरी वजीरिस्तान कबाइली जिल्लादेखी सटे बन्नु जिल्लामा भएको उक्त बम विष्फोटमा जमीयत उलेमा–ए–इस्लाम–फजल का नेता र पुर्व केन्द्रिय मन्त्रि अकरम दुर्रानी सामान्य घाइते भएका छन् । दुर्रानीलाई साधारण चोट मात्र लागेको छ ।
विष्फोट पदार्थ एक मोटर साइकलमा लगाइएको थियो । उक्त मोटर साइकल दुर्रानीको गाडीको नजिकै आएर बम विष्फोट भयो ।
यो बम विष्फोट पश्चात बलुचिस्तानको दारेनगढ इलाकामा बलुचिस्तान अवामी पार्टी (विएपी) का उमेदवार नवाबजादा रायसैनी को चुनावी र्यालीको दौरान दोस्रो विष्फोट भयो । जसमा बीएपी उमेदवार सहित ७० जनाको मुत्यु भएको छ । हालै गठित बलुचिस्तान अवामी पार्टी का उमेदवार सिराज रायसैनी पुर्व बलुचिस्नानका मुख्य मन्त्रि नवाब असलम रायसैनीको सानो भाई थिए ।
नवाज शरीफ र उनको छोरी मरियम स्वदेश फर्कनु भन्दा पहिला यी दुई ठुला बम विष्फोटले पाकिस्तानमा कोलाहल मच्चिएको छ । यद्यपी देशमा सरक्षा ब्यवस्था कडा बनाइएको छ । अदालतले नवाज शरीफ र उनको छोरी मरियमलाई भ्रष्टचारी ठहर गर्दे नबाज लाई १० बर्ष र मरियमलाई ७ बर्षको जेल सजाय सुनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा