भर्खरै

युगोस्लाभियाबाट छुटिएर बनेको क्रोएशियाको अनुभवले इङ्गल्याण्डको ईच्छा शक्तिलाई टक्कर


 July 11, 2018     सेतो खबर

इङ्गल्याण्ड ले जब अन्तिम १९९० विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको थियो तब क्रोएशियाको जन्म पनि भएको थिएन, तर जब यी दुई देश २०१८ विश्वकपको फाइनलको लागी भिड्नेछन् त क्रोएशियासँग अनुभवको कमी अवश्य हुनेछ ।

लूका म्याड्रिड, इवान रेकटिक इन्कजुकिच को बलमा युगोस्लाभियाबाट अलग भएर बनेको क्रोएशिया इङ्गल्याण्ड को योङ बिग्रेटसँग सामना गर्नेछ ।

साचो कुरा गर्ने हा भने २०१८ मा आएर थ्री लायंसका युवा जोसले सुनौलो अक्षरमा लेखि सकेका छन जसलाई पछिल्लो २८ बर्षमा रुनी, बेकहम जस्ता विरहरुले पनि लेख्न सकेका थिएनन् ।

लुजनिकि स्टेडियममा बुधबार जब यी दुबै टीम दोस्रो सेमिफाइनलको लागी प्रतिस्पर्धा गर्नेछन् त ठुलो प्रश्न यो उठ्ने छ कि गैरेथ साउथगेटका केटाहरु विश्वकपको फाइनलमा पुग्ने इतिहास ५२ बर्षपछि दोहराउनेछन या ज्लाट्को दालिचको टिम पहिलो पटक फाइनलमा पुगेर इतिहास रच्ने छ ।

इङ्गल्याण्ड को कोच गेरेथ साउथगेट टिमको लागी प्रेरणा बनेका छन् । रुस आउनुभन्दा पहिला उनको टिमबाट यही शब्द निस्केको थियो कि यो आर्जित गरेको उपलब्धि क्लबबाट मिलेको सफलता भन्दा कैयौ गुणा ठुलो हुनेछ । यही मन्त्रलाई टिमले सुत्र बनाएका छन् । रुस आउनुभन्दा पहिला इङ्गल्याण्ड को टिमलाई त्यती महत्व दिइएको थिएन । युरोपियन च्याम्पियनशिपमा आइसल्याण्डसँग हार ब्यहोनु परेको थियो, तर जसरी साउथ गेटले यो टिममा रौनक भरेका छन् त्यसरी नै उसको परिणाम पनि अगाडि आइसकेको छ ।

क्रोएशियाको पछिल्लो दुई म्याचबाट पनि के प्रष्ट हुन्छ भने उ आफनो डिफेन्स कमजोर बनाउन चाहदैन र पेनाल्टि शुटआउटको स्थितिमा उसको जित लगभग निश्चित छ । उता इङ्गल्याण्ड को नेतृत्व गर्नको लागी उसँग ह्यारी केन जस्ता कप्तान छन् ।

इङ्गल्याण्ड पनि फाइनलको टिकट काटेर दोस्रो विश्वकपको शिर्षक जित्ने लक्ष्य हासिल गर्नको लागी पुरै तयारीको साथ उत्रनेछ । दुबै टिमको बीच को सेमीफाइनल म्याच रोमाञ्चक हनेछ । एकपटकको विश्वकप च्याम्पियन इङ्गल्याण्ड ले १९६६ मा शिर्षक आफनो हात पारेको थियो ।

LIC



Ime Inside