सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु डडेल्धुराको अमरगढीमा र डोटीको दिपायलमा विस्तार गरेको छ । एक कार्यक्रमका विच डडेल्धुरा शाखाको उदघाटन अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र दिपायल शाखाको उद्घाटन सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले गरेका हुन् ।
बैंकले मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा