सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ २०१८ को सबैभन्दा धेरै कमाई गर्ने फिल्मको सुचीमा परेको छ । यो फिल्मले रिलिजको तेस्रो दिन नै ५० करोडको आकडा पार गरेको थियो भने बजेट भन्दा दुई गुणा बढि कमाई गर्दे सलमान बलीउडका टाइगर बनेका थिए । ‘टाइगर जिन्दा हे’ फिल्म रिलिज भएको ७ महिना भईसकेको छ अब यो फिल्मको नाम एउटा नयाँ रेकर्ड पनि जोडिएकको छ ।
सलमान खानको फ्यानहरुलाई यो फिल्म बाहेक यसको गाना “स्वाग से करेंगे सबका स्वागत” धेरै मन परेको थियो । यो गित सुपरहिट भएको थियो । यहाँसम्म की यो गितको भिडियो रिलिज भएको २४ घण्टा भित्रै सबैभन्दा बढि भ्युज पनि मिलेको थियो भने अहिलेसम्म यो फिल्मको भ्युज ५० करोड नाघिसकेको छ ।
यही फिल्मको गितको नाममा एउटा अर्को नयाँ रेकर्ड पनि जोििडएको छ । “स्वाग से करेंगे” सबका स्वागत लाई २ मिलियन भन्दा बढि लाइक पनि मिलेको छ ।
यती धेरै लाइक मिलेपछि सलमान खानको फिल्मको यो गित भारतको पहिलो गित बनीसकेको छ जसले यति धेरै लाइक पायो । यो गितलाई विशाल–शेखर को जोडीले कम्पोज गरेका थिए जसको शुटिङ ग्रीस लगाएत अन्य धेरै देशमा गरीएको थियो । यो गितमा १०० डान्सरलाई एकसाथ नचाइएको थियो ।
यो गित यो कारणले पनि पपुलर भएको थियो किनभने यो गानासँगै ठुलो पर्दामा कटरीना र सलमान ५ बर्षपछि सँगै आएका थिए । गितमा दुबैको केमेस्ट्रि र डान्स मुभ्स् लाई दर्शकहरुले खुब मन पराएका छन् ।
“स्वाग से करेंगे” सबका स्वागत गितको अरेवियन भर्जनलाई रबिह र ब्रिगिटीले गाएका थिए । जसलाई हिन्दिमा मोहम्मद जद मलकले ट्रान्सलेट गरेका थिए जसले बलिउडमा तहल्का मचाएका थिए । हाल सलमान खान ‘दबंग टुर’ मा छन र चाडै नै ‘भारत’ फिल्मको शुटिङ शुरु गर्नेछन् जसमा उनीसँग प्रियंका चोपडा लीड रोलमा देखिनेछिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा