सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्सले उरुग्वेलाई २–० ले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । हारसँगै २ पटक विश्वकप विजेता उरुग्वेको फिफा विश्वकप २०१८ को यात्रा समाप्त भएको छ । सेन्छ पिटर्सबर्ग स्टेडियममा खेलीएको क्वार्टरफाइनलमा फ्रान्सको लागी राफेल वरान र एटोनी ग्रीजम्यानले समान १/१ गोल गरे ।
खेलको ४० औ मिनेटमा राफेल वरानले हेडर मार्फत गोल गर्दे शुरुवाती अग्रता दिलाए त्यसपछि पहिलो हाफमा दुबै पक्षबाट कुनै पनि गोल गर्न सकेनन । त्यस्तै फ्रान्सको लागी दोस्रो गोल ६१ औ मिनेटमा एंटोनी ग्रीजम्यानद्धारा बक्सको बाहिरबाट हानेको लंग रेन्ज सट उरुग्वेको गोल किपर फर्नाडो मुसलेराले रोक्न खोज्दा पनि गोलमा परिणत हुन पुग्यो । त्यसपछि दुबै पक्षले केही राम्रा मौकाहरु पाए पनि गोल भने गर्न सकेनन् ।
यो सँगै फ्रान्सले १२ बर्षपछि फिफा विश्वकपको सेमीफाइनलमा ठाउँ बनाएको छ ।
फिफा विश्वकपमा फ्रान्सले उरुग्वेलाई पहिलो पटक हराउनमा सफल भएको थियो । फ्रान्स र उरुग्वेको टिम अहिलेसम्म कुल आठ पटक प्रतिस्पर्धा गरीसकेका छन जसमा दुई पटक उरुग्वेले जित हासिल गरेको थियो भने दुई पटक नै फ्रान्सले जितेको थियो । चार पटक ड्र खेलेका थिए ।
२००६ पछि फेरी फ्रान्सको टिमले सेमिफाइनलमा ठाउँ बनाएको छ । २००६ विश्वकपमा फ्रान्स फइनलसम्म पुगेको थियो भने इटलीको टिमले उसलाई पराजित गरेको थियो । यो पटक फ्रान्सको विश्वकपमा छैटौ सेमिफाइनल हुनेछ । फ्रान्सले १९९८ मा फिफा विश्वकपको शिर्षक हात पारेको थियो ।
अब फ्रान्स सेमिफाइनलमा आज हुने ब्राजील र बेल्जियममा जसले जित्छ उसैसँग प्रतिस्पर्धा गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा