सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउड सुपरस्टार सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् ।
सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि शुभकामना दिएका छन् । उनको भारतसँगै नेपालमा पनि लोभलाग्दो फ्यान फलोइंग छ ।
नेपालबाट उनका हरेक फिल्मले करोडौंको कलेक्सन गर्दै आइरहेका छन् । उनका फिल्मले नेपालका मल्टिप्लेक्स र सिंगल स्कृन दुवैमा राम्रो कलेक्सन गर्ने गरेका छन् । १५ जूनबाट ‘रेस ३’ संसारभर प्रदर्शनमा आउँदैछ ।
After successful launch of Veere Di Wedding…CGGK Entertainment now proud to bring Race 3 to Nepal. Sanju is next…Salman Khan Club
Posted by Salman Khan Club on Saturday, June 9, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा