सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८, जेठ २८ काठमाडौं । एन आई सी एसिया बैंकले ग्राहक महानुभावहरूको हितलाई ध्यानमा राखी सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।
धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दती निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने छ ।
यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धन वर्षा मुद्दती निक्षेप योजना ग्राहक महानुभावहरू माझ अत्यन्त लोकप्रिय भएको थियो ।
धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरूकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएका बैंकले जनाएको छ ।
बैंकले यस पटक समेत धनवर्षा मुद्दती योजनाबाट बढीभन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहक महानुभावहरूले लाभ उठाउने विश्वास लिएको उल्लेख गरेको छ ।
यस योजनाअन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । साथै एक वर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दती योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिनेछ ।
ग्राहकवर्ग लगायत सबै सरोकारवालाहरूले बैंकप्रति दर्शाएको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाको फलस्वरुप हालसम्ममा २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको तथा २१० ए टि एम सहित मुलुककै सबैभन्दा ठूलो ए टि एम सञ्जाल भएको बैंक बन्न सफल भैसकेको ेछ ।
समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५ हजार ५०० भन्दा बढी रेमिट्यान्स पेमेण्ट एजेण्ट सहित ५ हजार ९ सय ५१ भन्दा बढी भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै ठूलो बैंक हुन एनआई सि एशिया बैंक सफल भैसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा