सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, जेठ १२ । धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसानले पर्याप्तमात्रामा उत्पादन लिन सकेका छैनन् ।
शुरुमा पातमा देखिने रोग फैलिएर पूरै बोट नष्ट गर्ने कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले बताए ।
मरुवा (ब्राल्ट) अहिले धानबालीमा लाग्ने सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले पनि लामो समयदेखि मरुवा रोग नियन्त्रणको उपाय खोजे पनि यसको पत्ता लाग्न सकेको छैन। उनले भने, “हामी रोग अवरोधक जात विकास गर्न अनुसन्धान गरिरहे पनि नतिजा निस्केको छैन ।”
पहिले सानो स्वरुपमा देखिए पनि यो रोगले बिस्तारै ठूलो स्वरुप लिइने प्राविधिक पराजुलीले बताए ।
किसानले राम्रो र गुणस्तरीय बीउ छनोट गर्दा यो रोग लाग्ने सम्भावना कम हुने बाली रोग नियन्त्रण महाशाखाका वैज्ञानिक चेतना मानन्धरले बताए ।
मरुवा रोग अवरोधक जात अहिलेसम्म विकास हुन सकेको छैन । रोग लाग्ने सम्भावना कम भएका जात भने महाशाखाले विकास गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा