सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, जेठ ११। दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारी नै दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको खुलासा संस्थानका अध्यक्ष स्वयंले गरेका छन्।
संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा दुई दशमलव आठ प्रतिशत मात्र रहेको पाइएपछि संस्थानका अध्यक्ष रघु गौतमले यस्तो अभिव्यक्ति दिँदै घाेटाला हुने गरेकाे खुलासा गरेका हुन्।
‘दूधमा तरको परिमाण २.८ भेटियो। यो तोकिएको मापदण्डभन्दा कम हो, यो ठगी हो नै,’ अध्यक्ष गौतमले स्विकारे, ‘डीडीसीको दूधमा एक लाइनदेखि १० लाइनसम्म तर मार्ने चलनै छ। लाइन मारेको तरबाट घिउ बनाएर बाहिरी बजारमा गुपचुप बिक्री हुने गरेको पाइयो।’
वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर छानबिन गर्न नसकेकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा