सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ८ । नेपाली काग्रेसले सरकारद्धारा सोमबार प्रस्तुत गरेको निति तथा कार्यक्रम पार्टीको घोषणा पत्र जस्तो घोषणाको पुलीन्दा मात्र भएको बताएको छ । मंगलबार कांग्रेस सभापति शेर बहादुर देउवाको अध्यक्षतामा काग्रेस संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त ठहर गरेको हो ।
आर्थिक बर्ष ०७५/७६ को निति तथा कार्यक्रमबारे छलफलका लागी विज्ञ सहितको संसदिय दलको बैठकमा विज्ञहरुले आ–आफनो राय तथा सुझाव दिएका थिए ।
काग्रेसले सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सुचक सम्बोधन नगरेकोमा पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नीति तथा कार्यक्रमले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, नेपाली जनताको चाहनालाई वे–वास्ता गर्दे स्थानीय सरकार र प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापुर्वक नल्याएको काग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले बताएका छन् ।
नीति तथा कार्यक्रम पार्टीको घोषणा पत्र जस्तो घोषणाको पुलीन्दा मात्र रहेको र आगामी बर्ष भित्र सरकारले के–के गर्ने प्रष्ट धारणा ल्याउन नसकेको भनेको छ ।
जनताद्धारा निर्वाचित संविधान सभाले संविधान निर्माण गरी तिनै तहमा निर्वाचन सम्पन्न भै सकेको अवस्थामा जनताको सम्बृद्धिको चाहनालाई पुरा गर्ने दृढता नीति तथा कार्यक्रमले प्राथमिकता दिन नसकेको ठहर गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा