सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ७ । घरजग्गा ब्यवसायसँग सम्बन्धित “घरजग्गा मेला” २०७५ हुने भएको छ । आज आयोजीत एक कार्यक्रमका विच सातौं “घरजग्गा मेला” (Property Expo 2018, Nepal) प्रदर्शनी हल, भृकुटीमण्डप काठमाडौंमा असार १ देखि ५ गते सम्म हुने जानकारी दिइएको हो ।
पछिल्लो बर्षहरुमा आयोजित मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति सहित मेलाको सफलताले पुन मेला गर्न लागीएको मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले जानकारी दिए ।
मेला एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरीएको छ ।
मेलाले सर्वसाधारण सबैमा घरजग्गा ब्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी प्राप्त गर्न सकिनेछ ।
नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्ता माझ पु¥याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सकिने चित्रकारले जानकारी दिए ।
मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् । यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् ।
मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत पाइने भएको छ । इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ (Product Launch) गर्न चाहेमा सोको समेत ब्यवस्था गरीने भएको छ ।
घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास आयोजकले लिएको छ ।
गएको बर्ष नेपालमा नै पहिलो पटक आयोजना भएको हाउजिङ्ग सम्मिटको सफलता र ब्यापक सहभागिता र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै यस क्षेत्रसँग सम्बन्धित विज्ञ, बिद्यार्थी र पेशा ब्यवसायीहरुको सहयोग, सदभाव र शुभेच्छा समेतबाट प्रेरित भई यस बर्षपनि नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजना र IOE को सहयोग तथा FNCCI, NEA, SCAEF, UNHABITAT, RUPSON र SONA को वृहत सहभागिता, सहयोग, समन्वय एवं सहकार्यमा आउदो असार ४ र ५ दोस्रो हाउजिङ्ग सम्मिट समेत हुने उक्त अवसरमा जानकारी गराइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा